बेवारिसे फेला परेकी भारतीय महिला र शिुशुलाई प्रहरीले आफन्तको जिम्मा लगायो

बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला छोटीकुमारी र शिुशुलाई आफन्तको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कलैयाले भारतीय महिला छोटीकुमारी र उनको सवा २ महिनाको छोरालाई माइतितर्फबाट आएकी दिदी रितु देवीसहित आफन्तको जिम्मा लगाएर पठाएको हो ।

महिला र शिशुलाई भारतको मोतिहारी पिपरागाउँ स्थित माइतिघरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका प्रहरी सहायक निरीक्षक सन्जय यादबले जानकारी दिए । उनका अनुसार श्रीमती र शिशुलाई बेवारिसे अवस्थामा निजगढको जंगलमा ल्याएर छोडने पती गुड्डु सिंहमाथि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको तर्फबाट मोतिहारीको हारना थानाको प्रहरी कार्यालयमा पत्राचार गरेको पनि जनकारी दिए ।

प्रहरीका अनुसार गुड्डुले छोटीकुमारीलाई डेढ वर्षअघि भगाएर दोस्रो बिबाह गरेका थिए । त्यसपछि दुबै जना भारतको जयपुरमा बस्दै आएकोमा बच्चा जन्मिएपछि गुड्डुले मोतिहारी घरमा लैजान्छु भनेर आमा र शिशु दुबैलाई नेपालमा ल्याएर बेहोस पारेर जंगलमा छोडेको पाइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए ।

गत मंगलवार निजगढ पूर्वको धन्सार पुल नजिक सडक किनारामा बेवारिसे अवस्थामा शिशु फेला पारेको निजगढ प्रहरीले भोलिपल्ट आमालाई पनि बेवारिसे अवस्थामा नै फेला पारेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको र उनीहरुलाई प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।