युक्रेनको रक्तसञ्चार केन्द्रमा रुसको आक्रमण,रुसको पानी जहाजमा युक्रेनको हमला

एजेन्सी । रुसले युक्रेनको रक्त सन्चार केन्द्रमा आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा रुसले बम आक्रमण गरेको जानकारी दिएका हुन् ।

उनले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि रक्त सन्चार केन्द्रमा आगो लागेको देखिन्छ । उनले आक्रमणमा परी केही व्यक्तिको मृत्यु र केही घाइते भएको पनि उल्लेख गरेका छन् । तर उनले संख्या भने खुलाएका छैनन् ।

रुसले हाल पूर्वी सीमा क्षेत्रमा सैनिकहरुलाई केन्द्रित गरेर आक्रमण गर्दै आएको छ ।

यसैगरी युक्रेनले शनिबार नै रुसको तेल बोकेको एक पानी जहाजमा आक्रमण गरेको छ । ब्ल्याक सीमा रहेको पानी जहाजमा युक्रेनले ड्रोनमार्फत् आक्रमण गरेको रुसी अधिकारीहरुले बताएका छन् ।

सीएनएनका अनुसारका सो पानी जहाजमा ११ जना थिए । उनीहरु सकुशल छन् । तर पानी जहाजको इन्जिनमा क्षति पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖