चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो

एजेन्सी । चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।

बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए ।

चीनमा शुक्रवार आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछिको मुसलधारे वर्षा एक सय ४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।