जेल गएका पाकिस्तानका प्रधानमन्त्रीहरु…

काठमाडौं । पाकिस्तानको प्रधानमन्त्री बनेका इमरान खान जेलमा परेका पहिलो राजनीतिज्ञ होइनन्। पाकिस्तानको इतिहासमा पूर्वप्रधानमन्त्रीहरूलाई जेल पठाउने लामो इतिहास छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यस सूचीमा हुसेन शहीद सुहरावर्दीको नाम पहिलो स्थानमा छ। पूर्वी पाकिस्तानका बंगाली राजनीतिज्ञ सुहरावर्दी देशका पाँचौं प्रधानमन्त्री थिए।

सन् १९६२ को जनवरीमा उनलाई ‘राष्ट्रविरोधी गतिविधि’ गरेको आरोपमा पक्राउ गरिएको थियो।

तर विज्ञहरू भन्छन् कि सुहरावर्दीको वास्तविक अपराध यो थियो कि उनले सैन्य शासक जनरल अयुब खानलाई समर्थन गर्न अस्वीकार गरे।

यस सूचीमा सुहरावर्दीपछि जुल्फिकर अली भुट्टोको नम्बर आउँछ। पाकिस्तानका नवौं प्रधानमन्त्री भुट्टोलाई सन् १९७४ मा आफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो।

उनलाई मृत्युदण्डको सजाय सुनाइयो र अप्रिल ४, १९७९ मा फाँसी दिइएको थियो । पाकिस्तानकी एकमात्र महिला प्रधानमन्त्री बेनजिर भुट्टो पनि पटकपटक पक्राउ परेकी थिइन् ।

उनी दुई पटक देशको प्रधानमन्त्री भइन् । पहिलो पटक १९८८ देखि १९९० सम्म र दोस्रो पटक १९९३ देखि १९९६ सम्म।

बेनजिरलाई पहिलो पटक सन् १९८५ मा पक्राउ गरिएको थियो । त्यसपछि उनलाई ९० दिनसम्म घरमै नजरबन्दमा राखिएको थियो ।

सन् १९८६ को अगस्टमा कराँचीको एक र्‍यालीमा सैन्य शासक जनरल जिया-उल-हकलाई धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

अप्रिल १९९९ मा उनलाई भ्रष्टाचारको मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनलाई ५० लाख पाउण्ड जरिवाना पनि गरिएको थियो ।

तर, बेनजिर पक्राउबाट बच्न सफल भएकी थिइन् किनभने त्यतिबेला उनी पाकिस्तान बाहिर बस्दै आएकी थिइन् ।

सन् १९९९ मा जनरल परवेज मुशर्रफ पाकिस्तानको सत्तामा आएपछि नवाज शरिफलाई गिरफ्तार गरेका थिए । यसपछि नवाज सरिफ १० वर्ष निर्वासनमा रहे ।

जुलाई २०१८ मा नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारको मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

सोही वर्षको डिसेम्बरमा नवाज सरिफलाई अल-अजिजिया स्टील मिल्स भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको थियो।

सन् २०१९ मा उनी उपचारका लागि लण्डन गएर फर्किएनन् ।
शाहिद खकान अब्बासी जुलाई २०१९ मा पक्राउ परेका थिए। उनलाई तरल प्राकृतिक ग्यास भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोप लागेको थियो । तर, पछि अब्बासीले जमानत पाएका थिए ।

इमरान खानलाई पनि भ्रष्टाचारको अर्को मुद्दामा ९ मे २०२३ मा पक्राउ गरिएको थियो । तर सर्वोच्चको हस्तक्षेपपछि उनी केही दिनमै रिहा भए ।अगस्ट ५, २०२३ मा उनलाई तोशखाना भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।