अब अनलाइनबाटै प्रहरी रिपोर्ट प्रमाणीकरण गरिने

काठमाडौं । आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ । परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ । यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो ।

अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।