पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई राखियो अटोक जेलमा

एजेन्ली । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ।

इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो।
पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। उनलाई अदालतले तीन वर्ष जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ।

पक्राउ परेका खानलाई जेलसम्म पुर्‍याउन कडा सुरक्षा व्यवस्था गरिएको ‘द डन’ले जनाएको छ। कारागार बाहिर पनि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो।

जेलका एक अधिकारीका अनुसार खानलाई भिभिआइपी सेलमा राखिएको छ। उनको सेलमा एयरकन्डिसन भने राखिएको छैन।

तर फ्यान, बेड र शौचालय पनि भित्रै राखिएको द डनले जानकारी दिएको छ। खानलाई अदालतले तोशाखाना केसमा भ्रष्ट अभ्यास गरेको भन्दै जेल सजाय सुनाएको हो।

सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए।
‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरणहरू दिएका थिए र भ्रष्ट अभ्यास गरेकोमा उनी दोषी देखिएका छन्,’ उनले भनेका थिए।

खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको डनले जनाएको छ। सुनुवाइ सुरू हुनुअगावै अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

इजलासमा पनि वकिलहरूलाई मात्रै प्रवेश दिइएको थियो। उक्त सुनुवाइ हुँदा खान र उनका वकिलहरू अदालतमा उपस्थित थिएनन्।

खानले आफू प्रधानमन्त्री हुँदा पाएका उपहारहरू अवैध तरिकाले बेचेको पनि आरोप छ। जसलाई तोशाखाना प्रकरण भन्ने गरिएको छ।
यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १०मा उजुरी दिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।