झलनाथको किटान– हाम्रो मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस रहेको टिप्पणी गरेका छन् । सबै कम्युनिस्ट पार्टीको प्रतिद्वन्द्वी कांग्रेस भए पनि उसैसँग मोर्चा बनाउँदै सत्ताको चुस्की लिइरहेको उनले टिप्पणी गरे ।
पार्टी स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा खनालले कांग्रेसलाई मुख्य प्रतिद्वन्द्वी किटान गरेका हुन् । ‘यतिबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्दी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको नेपाली कांग्रेसबाहेक अरु कुनै हुन सक्दैन । यसबारे हामीलगायत सबै वामपन्थी समूहले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ’ खनालले प्रतिवेदनमा भनेका छन् ।
अधिकांश वामपन्थी समूहहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग “गठबन्धन”, “कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेको उनले टिप्पणी गरेका छन् ।


