उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

२१ साउन, काठमाडौं । भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा अधिकांश जुम्लास्थित पातारासीका स्थानीय छन् ।

वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र स्वदेश फिर्ता ल्याउन पहल गर्न कांग्रेसले आइतबार विज्ञप्ति निकालेर सरकारसँग माग गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री आइतबार फोन गरेर सीएम धामीलाई फोन गरेर हराइरहेका नेपालीको खोजीका लागि आग्रह गरेका थिए । बिहीबार राति गएको पहिरोबाट कम्तिमा १९ जना हराइरहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।