कुवेतमा दुई नेपाली महिलाको मृत्यु

कुवेत – वैदेशिक रोजगारीका लागि कुवेतमा घरेलु कामदारको रुपमा रहेका दुई नेपाली महिलाहरुको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षकी मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९का दिलकुमारी तामाङ रहेकी छिन् ।

घरेलु कामदारको रुपमा कुवेत आएका मृतकद्वय गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका र बिरामी भएर आदान हस्पिटलमा उपचारको क्रममा शनिबार मध्य राती मृत्‍यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान र सचिब पासाङ थोकरले परदेशी खबरलाई जानकारी दिएका छन ।

मृतकहरुको बारेमा नेपाल राजदूतावास कुवेतमा बुझ्दा पुरा जानकारी आई नसकेको दूतावासले जनाएको छ ।

मकवानपुरकी मायादेवी ७ महिनासम्म कुवेतीको घरमा काम गरेको र त्यस पछि अवैधानिक रुपमा कुवेत रहेको र केही समय देखि पेट र मृगौला रोगबाट बिरामी भएको श्रोत बताउछन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आदान हस्पिटलमा कसैले भर्ना गरी दिएको जानकारी प्राप्त भएको छ । मृतकको साथमा केही कागाजात नभएको र कस्ले र कसरी अस्पतालमा भर्ना गरी दियो सबै विवरण खुल्न अझै बाँकी रहेको छ ।
चितवन भरतपुरकी दिलकुमारी तामाङको मृत्‍युको कारण अझै खुल्न सकेको छैन ।

अहिले दुबै मृतकहरुको लास आदान हस्पिटलमै रहेका छन । -परदेशी खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।