गान्धीको सांसद सदस्यता पुन:बहाली

नयां दिल्ली । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ ।

भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४) मा गरेको एक फैसलाले गान्धीको पुनरावेदनमाथि उहाँविरूद्धको सजाय र वायनाडबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो ।

सर्वोच्चको फैसलाको आधारमा लोक सभा सचिवालयले आज गान्धीको वायनाडबाट लोक सभाका लागि भएको प्रतिनिधित्वलाई पुनः बहाली गरेको हो ।

“२४ मार्च, २०२३ को अधिसूचना नं २१÷४(३)÷२०२३÷टीओ (बी) को निरन्तरतामा, भारतको सर्वोच्च अदालतले सन् २०२३ अगस्ट ४ मा विशेष अपील अनुमति (सीआरएल) नम्बर ८६४४÷२०२३ मा एक आदेश पारित गरेको छ, जसले केरलाको वायनाड संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने लोकसभा सदस्य राहुल गान्धीको दोषसिद्धिमा रोक लगाएको छ,” लोकसभा सचिवालय द्वारा जारी एक आधिकारिक अधिसूचनामा भनिएको छ ।

“भारतको सर्वोच्च अदालतको अगस्ट ४ को आदेशलाई ध्यानमा राख्दै, राहुल गान्धीको अयोग्यताको लागि, १४ मार्च, २०२३ को राजपत्र अधिसूचना नम्बर २१÷४ (३)÷२०२३÷टीओ (बी) द्वारा अधिसूचित गरिएको भारतको संविधानको धारा १०२ (१) (ई) को प्रावधानको साथ जन प्रतिनिधित्व अधिनियमको १९५१, धारा ८ बमोजिम थप न्यायिक निर्णयको अधीनमा रहेर काम गर्ने व्यवस्था रोकिएकोे छ ।”

सर्वोच्च अदालतले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै ‘मोदी उपनाम’ टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गान्धीको सजायमा रोक लगाएको थियो ।

गुजरात उच्च अदालतको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेताको अपिलमा सर्वोच्च अदालतले जुलाईमा गुजरात सरकार र उजुरीकर्तालाई सूचना जारी गरेको थियो ।

उक्त अदालतले यसअघि आफ्नो आदेशमा राहुललाई ‘मोदी उपनाम’ को टिप्पणीका कारण सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको आपराधिक मानहानिको मुद्दामा उहाँको सजाय रोक्न अस्वीकार गरेको थियो ।

यस मुद्दामा दोषी ठहर भएपछि गान्धीलाई मार्च २४ मा केरलाको वायनाडबाट सांसदपदका लागि अयोग्य घोषित गरिएको थियो । रासस/एएनआई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।