दिल्लीको एम्स अस्पतालमा आगलागी

काठमाडौं । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) अस्पतालमा सोमबार बिहान आगलागी भएको छ ।

एम्सको आकस्मिक कक्षको ठिक माथि इन्डोस्कोपी कोठामा आगलागी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

दिल्ली फायर सर्भिसका अनुसार आगो निभाउनका लागि ६ वटा दमकल घटनास्थलमा पुगेको बताइएको छ ।

घटनास्थलको फोटो तथा भिडियोमा एम्स भवनबाट धुवाँ निस्किरहेको देखिएको छ । आगलागीको कारणबारे जानकारी आउन बाँकी छ ।

आगलागीबाट कुनै क्षति भए नभएको जानकारी पनि आइनसकेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।