ठुलो आवाजमा डकारेर यी युवतीले राखिन् विश्व कीर्तिमान

मानिसहरूले विश्व कीर्तिमान पनि के–केमा राख्छन् । हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् ।

यसअघि महिलातर्फको कीर्तिमान इटालीकी एलिसा काग्नोनीको नाममा थियो । उनले सन् २००९ मा १०७ डेसिबलमा डकारेकी थिइन् । यो रेकर्ड हालै किम्बर्ली ‘किमीकोला’ विन्टरले तोडेकी छिन् । उनी अमेरिकाको मेरिल्यान्डकी बासिन्दा हुन् । उनले हालै आईहार्टरेडियोको ‘डेड रुम’ मा पुगेर यति ठुलो स्वरमा पेटको वायु घाँटीबाट निकालिन् कि उनले ०.३ डेसिबलले काग्नोनीको कीर्तिमान तोडिन् । रेकर्ड राख्नका लागि आफूलाई तयार पार्न उनले सबैभन्दा पहिला ब्रेकफास्ट खाइन्, त्यसपछि कफी पिइन् र बियर पनि । यो सम्मिश्रणले १४ वर्ष पुरानो रेकर्ड तोड्न सफल भयो ।

अडिटी सेन्ट्रलका अनुसार किम्बर्लीले गिनिज बुक अफ वर्ल्ड रेकर्डसँगको कुराकानीमा आफूले सानै बेलादेखि ठुलो स्वरमा डकार्ने गरेको बताइन् । उनले भनिन्, ‘मैले सानै बेलादेखि ठुलो स्वरमा डकारेर परिवारलाई आतंकित पार्थेँ । तर अहिले धेरै वर्ष भइसक्यो, उहाँहरूलाई यसको बानी पर्‍यो तरपनि उहाँहरूले कहिलेकाहीँ सानो स्वरले डकार्न भन्नुहुन्छ । ’

किम्बर्लीका अनुसार उनकी बहिनी पनि ठुलो स्वरमा डकार्छिन् । यो सफल प्रयास अघि किमीकोलाले ठुलो स्वरमा डकार कसरी निस्कन्छ भनेर विभिन्न खाना र पेय पदार्थको परीक्षण गरिन् । मसालेदार खान, सोडा र मदिराले निकै उत्कृष्ट काम गर्ने उनी बताउँछिन् । तर विश्व कीर्तिमान धारी उनले कहिलेकाहीँ थोरै पानीले पनि चमत्कारको रूपमा काम गर्ने बताइन् ।

मेरिल्यान्डकी बासिन्दा उनले भनिन्, ‘एकदिन मलाई ठुलो स्वरमा डकारेको भन्दै एउटा बारबाट निकालिएको थियो । त्यसपछि मलाई थाहा भयो कि डकार्दा मेरो आवाज धेरै ठुलो आउँछ । ’

उनले आफ्नो अचम्मको क्षमताले साथीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएकी छिन् । टिकटकमा किमीकोला नाम भएकी उनको हजारौँ फलोअर्स छन् ।

दुई वर्ष अघि अस्ट्रेलियाका एक पुरुषले ११२.७ डेसिबलमा डकारेर १० वर्ष लामो गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोड्न सफल भएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖