माधव नेपाल विदेश नगएको भए के बिग्रिन्थ्यो ?

काठमाडौं। ललिता निवास जग्गा घोटाला प्रकरणमा आफूमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले अनुमति दिएको भोलिपल्टै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्। उनको प्रस्थानको समयका कारण उनीमाथि प्रश्न समेत उठेका छन्।

प्रवासी नेपाली मञ्च युरोपले आयोजना गरेको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन उनी युरोप गएको बताइएको छ। युरोप प्रस्थान गर्नुअघि सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफू अदालतको आदेशबारे जानकार रहेको प्रतिक्रिया दिए।

अदालतले उनीमाथि अनुसन्धान गर्न अनुमति दिएको भोलिपल्टै उनी युरोप प्रस्थान गर्नुले उनी अनुसन्धानबाट बच्नको लागि गएका हुन् कि भन्ने आशंका पनि उब्जिएको छ।

हुन त यो कार्यक्रम पूर्वनिर्धारित थियो तर आफूमाथि अनुसन्धानको बाटो खुलिसकेको अवस्थामा अनुसन्धानलाई सहयोग गर्नका लागि नैतिकता देखाउँदै आफू नगएर पार्टीका अरु कुनै पदाधिकारीलाई पठाउने विकल्प किन रोजेनन् भन्ने प्रश्न पनि उठेको छ।

उनीमाथि नैतिकताको प्रश्न उठ्नुको एउटा प्रमुख कारण सरकारलाई उनको समर्थन पनि हो। सरकारका गृहमन्त्रीले जुनसुकै तहका व्यक्ति अनियमिततामा संलग्न रहेको पाइए नछोड्ने अभिव्यक्ति दिइरहेका बेला आफ्नै समर्थनमा बनेको सरकारलाई माधव नेपालले ‘असहयोग’ गर्न खोजेका हुन् कि भन्ने आशंका पनि उब्जिएको छ।

साथमा सरकारले नै उनलाई उनी विदेश गएका बेला उनीविरुद्ध अनुसन्धान नगर्ने आश्वासन दिएको थियो कि भन्ने अर्को प्रश्न पनि उब्जिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖