मोबाइल फोन एमडीएमएसमा दर्ता गर्ने म्याद थप

काठमाडौं । सरकारले मोबाइल फोन मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि थप गरेको छ ।

आर्थिक ऐन, २०८० को दफा २४ को उपदफा १ मा नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडीएमएसमा २०८० असार मसान्तसम्ममा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

विभिन्न कारणाले दर्ता हुन नसकेका सेलुलर मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले आईएमईआई नम्बरसमेत उल्लेख गरेर दर्ता गर्नुपर्ने म्याद साउन मसान्तसम्म कायम गर्नेगरी अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८० को दफा १९ को उपदफा १ बमोजिम बाधा अड्काउ फुकाउने निर्णय गरेको हो ।

उक्त निर्णय राजपत्रमा प्रकाशित गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।