गृहमन्त्रीले आज सुन प्रकरणमा प्रष्टीकरण दिने

काठमाडौं,२३ साउन । लामो समयको छलफपछि प्रतिनिधि सभाको अवरोध खुलेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुको छलफलपछि सदनको अवरोध खुलेको हो । आजको छलफलमा सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको विषयमा आज बस्ने प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिन सहमत भएपछि अवरुद्ध सदन सूचारु हुने भएको हो ।

साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले आज जवाफ दिने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने ‘हामी संसद् जहिले पनि चलाउन चाहन्छौं । आजको बैठक पनि चल्नुपर्छ । चलाउन पर्छ । गृहमन्त्रीले जवाफ दिन्छु भन्नु भएको छ । त्यसमा हामी अवरोध गर्दैनौं । देशभरीका माननीयहरुले बोल्नुहुन्छ, त्यो पनि अवरोध हुँदैन । त्यसपछि हाम्रो माग पुरा भएन भने हामी हाम्रा माग लिएर उभिन्छौं,’–

संसद् अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र तीन दलका प्रमुख सचेतहरु सहभागी थिए ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको करिब एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसदमा गतिरोध सिर्जना गर्दै आएको छ । सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति जुट्न नसक्दा सोमबार २ पटक समय निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।