वायुसेनाको विमान उडेको दुई मिनेटमै दुर्घटना

काठमाडौं : श्रीलंका वायुसेनाको तालिम विमान सोमबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा पाइलट र एक अधिकारीको मृत्यु भएको वायुसेनाका प्रवक्ताले बताएका छन्।

श्रीलंका वायुसेनाका कमाण्डर एयर मार्शल उदेनी राजपक्षेले पाइलटहरूलाई तालिम दिन प्रयोग गरिएको पीटी-६ विमान त्रिन्कोमालीको वायुसेना स्टेशनबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको डेली मिरर वेबसाइटले जनाएको छ।

वायुसेना मिडिया समूहका निर्देशक क्याप्टेन दुशन विजेसिङ्घेले विमानलाई हवाई परीक्षणका लागि श्रीलंका एयरफोर्स स्टेशन चाइना बेमा लगिएको बताए । यो विमान ११:२५ मा उडेको थियो र ११:२७ मा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा सवार एक पाइलट र एक इन्जिनियरको मृत्यु भएको पुष्टि गर्दै उनले श्रीलंका वायुसेनाले दुर्घटनाको अनुसन्धान सुरु गरेको न्युज फर्स्ट पोर्टलले बताएको छ । तमिल बहुसंख्यक त्रिन्कोमाली श्रीलंकाको उत्तरपूर्वी तटमा रहेको बन्दरगाह सहर हो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।