विश्वकपबाट बाहिरिएपछि खेलाडीमाथि खनिए ट्रम्प

काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट अप्रत्याशित रूपमा बाहिरिएपछि साबिक विजेता अमेरिकाका खेलाडीहरूको चौतर्फी आलोचना सुरु भएको छ । यो विश्वकपको आफ्नो पहिलो खेलदेखि नै अमेरिकी खेलाडीहरू विवादमा पर्दै आएका छन् ।

समूहगत चरणका खेलहरूमा राष्ट्रिय गान गाउन अस्वीकार गरेर अमेरिकी टोलीका खेलाडी चर्चामा आएका थिए । खेल सुरु हुनुअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि धेरैले अमेरिकी खेलाडीहरूको आलोचना गरेका थिए । केही पूर्वखेलाडीले भने खेलाडीको बचाउ पनि गरेका थिए ।

साबिक विजेतासमेत रहेको अमेरिका प्रिक्वार्टरफाइनलमा अप्रत्याशित रूपमा स्विडेनसँग पेनाल्टी सुटआउटमा ५—४ गोलले पराजित भयो । सबैभन्दा बढी महिला विश्वकपको उपाधि जित्ने टोली अमेरिका प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएपछि खेलाडीको झनै बढी आलोचना सुरु भएको छ ।

स्विडेनविरुद्धको खेलमा पेनाल्टी प्रहारको अवसरलाई खेर फाल्ने खेलाडीहरू त झनै बढी आलोचनाको सिकार बनेका छन् । यसैक्रममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिकी टोलीकी अनुभवी खेलाडी मेगन रापिनोएविरुद्ध खनिएका छन् ।

पेनाल्टी सुटआउटमा ३८ वर्षीया मिडफिल्डर मेगन पनि गोल गर्न असफल भएकी थिइन् । ‘अपत्यारिलो र पीडादायी पराजय,’ उनले भनेका छन् । पूर्वराष्ट्रपति ट्रम्पले विश्वकपबाट अमेरिकाको अप्रत्याशित बहिर्गमनलाई वर्तमान राष्ट्रपति जो बाइडेनको नेतृत्व कुशलतासँग पनि जोडेका छन् ।

‘जो बाइडेनको नेतृत्वमा रहेको एक समयको महान् अमेरिकालाई यो के भइरहेको छ ?’ विश्वकपमा अमेरिकाको पराजयलाई जोड्दै ट्रम्पले भनेका छन् । ट्रम्पले अमेरिकी खेलाडीले विश्वकपमा राष्ट्रिय गान गाउन अस्वीकार गरेको विषयतर्फ पनि सङ्केत गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले विश्वकपमा सहभागी अन्य कुनै राष्ट्रका खेलाडीले देखाउन नसकेको राष्ट्रिय भावना अमेरिकी खेलाडीले देखाएको भन्दै व्यङ्ग्य पनि गरेका छन् । उनी सबैभन्दा बढी मेगनसँग रुष्ट देखिएका छन् । उनले भनेका छन्, ‘गजबको सट मेगन, तिम्रो प्रहारले अमेरिका नर्कमा जाँदै छ ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।