निजी विद्यालय सञ्चालकले भने : गुठीमा लाने भए आजै चाबी दिन्छौं

पोखरा । प्रस्तावित विद्यालय शिक्षा ऐनमा सरकारले निजी विद्यालयलाई ५ वर्षभित्र गुठीमा जानुपर्ने व्यवस्था राखेकामा गण्डकीका विद्यालय सञ्चालकले विरोध गरेका छन् ।

प्याब्सन, एनप्याब्सन र हिसान गण्डकी प्रदेश र कास्की जिल्ला समितिले सरकारले हचुवाको भरमा ५ वर्षभित्र शैक्षिक गुठीमा लैजाने व्यवस्था राखेको भन्दै विरोध जनाएका हुन् ।

प्याब्सनका कास्की जिल्ला अध्यक्ष मथुराप्रसाद पौडेलले विधेयकको यो व्यवस्था परिवर्तन नगरे अहिले नै विद्यालयको तालाचाबी बुझाउने चेतावनी दिए । निजी विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको भन्दै उनले सरकारले व्यवस्थापन गर्न सक्ने होे भने ५ वर्ष नकुरी अहिले नै निजी विद्यालयहरुको जिम्मा लिनुपर्ने उनले बताए ।

‘५ वर्षपछि किन गुठीमा लैजानुपर्‍यो, आजै लगे हुन्छ, हामी तालाचाबी बुझाउन तयार छौं,’ पौडेलले भने, ‘यदि सरकारले निजीले जत्तिको गुणस्तरीय शिक्षा दिन सक्छ भने आजै चाबी लिए हुन्छ ।’

सञ्चालकहरुले पहिले जबरजस्ती कम्पनीमा जान लगाएको र कहिले कानुनी व्यवस्थाअनुसार चलिरहेका निजी विद्यालयलाई गुठीमा लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । हिसान कास्कीका अध्यक्ष यमबहादुर रोकाले व्यक्तिको सम्पत्ति विकल्पबिना राज्यका नाममा परिवर्तन गर भन्नु नाजायज भएको बताए ।

‘सेवामूलक संस्थालाई राज्यले चाहानाविपरीत कम्पनीमा जा भन्यो, हामी गयौं । कानुनी आधारमै चलेका विद्यालयलाई उनीहरुसँग सल्लाहै नगरी व्यक्तिगत सम्पत्तिलाई सार्वजनिक गुठीमा लैजा भन्नु संविधानकै भावनाविपरीत छ,’ रोकाले भने ।

सरकारले ऐनमार्फत कर प्रणाली चुस्त बनाएर निजी विद्यालयलाई कसिलो नियमन गर्ला भनेको उल्टो व्यक्तिको सम्पत्ति खोस्न खोजेको निजी विद्यालयका प्रतिनिधिहरुको भनाइ छ । एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले निजी विद्यालयका सञ्चालक यो देशका नागरिक नै होइनन् भन्ने राज्यले व्यवहार गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।