तीन ‘एटिआर’ जहाज ल्याउँदै सौर्य एयरलाइन्स

काठमाडौं। दुईथान जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले अब एकैचोटि तीनथान ‘एटिआर’ जहाज ल्याउने भएको छ।

आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउने गरी आवश्यक तयारी पूरा भएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए।

‘जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भयो, त्यही भएर केही समय अघिदेखि एटिआर जहाज खरिद गर्ने तयारी गरेका थियौं,’ पोखरेलले क्यापिटल नेपालसँग भने, ‘लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता गरेर फर्किएका छौं।’

उनले जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार कुवेर ग्रुपलाई एटिआर नल्याए बन्द गराउने प्रस्ताव राखेका थिए। पोखरेलको प्रस्तावपछि कुवेर ग्रुप एटिआर जहाज खरिदका लागि तयार भएको हो।

एटिआर जहाज ल्याउने भएपछि हाल भएका कर्मचारीलाई सुविधा दिएर आधा कटौतीसमेत गरिसकेका छन्। नयाँ जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक सहमतिका लागि पत्र पठाउने तयारीमा लागको पोखरेलको भनाइ छ।

एटिआर जहाज आएपछि हाल भएका दुई जेट जहाजमार्फत भने उडान नहुने निश्चित भएको छ। ती जहाज बिक्री गर्ने वा कुवेर ग्रुपले निजी प्रयोजनका लागि भारत लैजाने मनसायसमेत बनाएको छ।
हाल कुवेर ग्रुपले भारतमा निजी प्रयोजनका लागि जहाज प्रयोग गरिरहेका बेला जेट जहाज पनि लैजाने मनसाय बनाइरहेकाले अहिले नै ती जहाज के हुन्छ भन्ने टुंगो भने लाग्न बाँकी रहेको अध्यक्ष पोखरेलको भनाइ छ।
जहाज खरिद गर्ने निर्णय भए पनि जहाज टिकटमा नेपालले चालू आर्थिक वर्षदेखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकाले सुरुवाती भाडा भने केही महँगो पर्नेप्रति पनि भारतीय लगानीकर्ताले चासो देखाएको उनको भनाइ छ।

सरकारसँग भ्याट लगाउने निर्णय फिर्ता लिन वायुसेवा सञ्चालक संघमार्फत अनुरोध गरिरहेका बेला नेपालमा जहाज थप्न पनि सरकार पछि हट्नुपर्ने उनले बताए।

एटिआरका लागि छुट्टै जनशक्ति
जेट जहाजबाट उडान गर्दै आएको सौर्यले एटिआर जहाज ल्याउने भएपछि त्यसका लागि नयाँ जनशक्ति आवश्यक पर्छ। एटिआर उडान गर्ने र मर्मत गर्ने पाइलटदेखि इन्जिनियरसहित नयाँ चाहिने भएकाले हालको जनशक्ति कटौती गरेर नयाँ थप्ने प्रक्रिया सौर्यले सुरु गरिसकेको छ। ‘हामीले नयाँ जहाज ल्याउने भएकाले कर्मचारीलाई विशेष सुविधा दिएर बिदाइ गर्न लागेका हौं,‘ अध्यक्ष पोखरेलले भने।

सौर्यले हाल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा, पोखरा र धनगढी उडान गर्दै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।