‘तामाङ र मगर समुदायको आन्दोलनमा भएको दमन अमानवीय’ : नेफिन, लिम्बुवान नागरिक समाज यूके

लन्डन । नेपालका आदिवासी तामाङ, मगर र अल्पसंख्यक समुदायकाे आन्दोलनमाथि भएको दमनबारे यूकेका संस्थाहरूले पनि धारणा अघि सारेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूकेले राज्यले समुदायको आन्दोलनमा गरेको दमनकाे निन्दा गर्दै अमानवीय हर्कत भएको बताएकाे छ ।

बुधबार विश्व आदिवासी दिवसकाे अवसर पारेर शुभकामना सन्देशसँगै प्रेस वक्तव्य जारी गर्दै नेफिन यूके अध्यक्ष कमानसिङ(कर्म पहाडी) शेर्पाले आदिवासी तामाङ र मगर समुदायको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले अधिवक्ता भगवती पाण्डेकाे अभिव्यक्तिले समुदायको आत्मसम्मान र साँस्कृतिक मान्यतामा आघात पुगेको जनाएका छन् । गत साउन १७ र २२ गते भएको प्रदर्शनीमा निर्मम दमन गर्ने, अभियन्ताहरूलाई पक्राउ गर्ने, हिरासतमा यातना दिने, महिलाहरूमाथि दुर्व्यवहार गर्ने कार्यकाे समेत विराेध गरेका छन् । नेफिन यूकेले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न र आन्दोलनमाथि दमनकाे नेतृत्व गर्ने एसएसपी दान बहादुर कार्की लगायतका अधिकृतलाई निलम्बन गर्न समेत माग गरेको छ ।

नेफिन यूकेले प्रदेश नम्बर एककाे पुनः नामाङकन आन्दोलनमा समेत ऐक्यबद्धता जाहेर गर्दै प्रदेशहरूकाे नाम पहिचानका आधारमा पुनः नामकरण हुनुपर्ने माग गरेको छ ।

यस्तै, लिम्बुवान नागरिक समाज यूकेले समेत मगर, तामाङ र।मुस्लिम समुदायको आन्दोलनमा भएको दमनलाई अलाेकतान्त्रिक र अमानवीय कामकाे संज्ञा दिएको छ । समाजका अध्यक्ष छत्र वनेम र सचिव लाहाङ चेम्जोङले विज्ञप्ति जारी गर्दै आन्दोलनरत समुदायको माग तत्काल सम्बाेधन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । उसले आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएर लाेकतन्त्र र मानवअधिकारकाे खिलापमा गएको बताएको छ ।

गत साउन ७ गते प्राइभ टेलिभिजनमा एक अन्तर्वार्ता दिँदै अधिवक्ता पाण्डेले आदिवासी तामा, मगर र अन्य सिमान्तकृत समुदायको वैवाहिक संस्कारविरुद्ध अभिव्यक्ति दिएका थिए । जसले सम्बन्धित समुदायहरूलाई आन्दोलित बनाएपछि उजुरी दिएका थिए । उजुरी दिएपनि प्रहरीले पक्राउ नगरेपछि आन्दोलनकारीहरू साउन १७ गते टेकु प्रहरी परिसरअघि विराेध प्रदर्शनमा उत्रँदा व्यापक दमन भएको थियोे । जुन कार्यकाे धेरै क्षेत्रबाट विराेध भएको थियोे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार काठमाडौंमा नेफिन नेपालद्वारा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा पाण्डे दाेषी देखिए पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।