लिलाम गरिँदै ट्वीटर भवनका फर्निचर र लोगो

एजेन्सी । ट्वीटरको नाम बदलेर ‘एक्स’ राखेका एलन मस्कले ट्वीटर भवनका फर्निचर र पुरानो लोगो लिलाम गर्ने भएका छन् ।

अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वाटरबाट पुरानो लोगो, कफी टेबल, कुर्सि, वाद्य यन्त्र, फोटो, पिँजडा, पेन्टिङ, लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्न लागिएको हो ।

ट्वीटरको नाम ‘एक्स’ नाम राखे पनि कार्यालयमा पुरानै लोगो (नीलो रंगको चरो) कायम छ । मस्कले उक्त लोगो पनि लिलाम गन लागेको बीबीसीले जनाएको छ ।

लिलामीको प्रक्रिया १२ सेप्टेम्बरबाट सुरु हुने छ । लिलामी गराउने एक कम्पनीले लिलाम गर्न लागिएका वस्तुहरुमध्ये सबैभन्दा कम मूल्य २५ डलरबाट सुरु हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।