नक्कली सर्टिफिकेट प्रकरणमा इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ

काठमाडौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले नागरिकन्यूजलाइ बताए।

उनलाई सीआईबीले गएराति पक्राउ गरेको हो। शिल्पकार ललितपुर नगपालिका १८ हात्तिबन निवासी हुन्। उनलाई निवासबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीलेअनुसन्धानको लागि पक्राउ गरेको बताइएको छ।

सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टर माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मासहित डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाइ सीआईबीले हिजो पक्राउ गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।