ममाथि प्रहरीले दुई पटक हातपात गर्यो : सुनील शर्मा
काठमाडौं। नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो।
शुक्रबार म्याद थपका लागि अदालत लगिएका उनले बाहिरिने क्रममा आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् ।
ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने ।


