ठूलो दलको हैसियतले कांग्रेसले नै संसद्को गतिरोध अन्त्य गर्न पहल थाल्नुपर्छ : सिंह
नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध हुनु उचित नभएको बताएका छन् । आज (शनिवार) काठमाडौंमा कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल तयार हुनुपर्ने बताएका हुन् ।
गठबन्धन र ठूलो दलको हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्तको पहल थाल्नु पर्ने उनको भनाइ छ । प्रतिपक्षीले उठाएको मुद्दा छलफलबाटै टुंगो लगाउनुको विकल्प नभएको उनले बताए ।
सुन प्रकरणको केन्द्रीइ अनुसन्धन ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको भन्दै आउने नतिजामा चित्त नबुझे थप छलफलका लागि एमाले तयार हुनुपर्ने उनले बताए ।
करिब सय किलो सुन प्रकणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै एमालेले दुई सातादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।


