बाबुराम भट्टराई – गणतन्त्र पछि भ्रष्टाचार घट्नुको साटो बढ्यो

सुर्खेत । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताएका छन् । पार्टी कामका लागि सुर्खेत आएका उनले शनिबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने तर्क उनको छ । भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए । सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको भन्दै उनले भने, ‘मैले विगत देखिनै भन्दै आएको छु, छानबिन गरौँ भनेर, म तयार नै छु ।’

उनले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क राखे । ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो,’ उनले भने,‘ त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताए । वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । ‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ,’ उनले भने,‘ गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’

साथै उनले आन्तरिक एकता कायम गर्नेतर्फ अहिलेका मुख्य राजनीति दलहरु अग्रसर नभएको प्रतिक्रिया समेत दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।