ललितानिवास प्रकरण : मेरो पालामा सानो निर्णय भएको हो, छानबिनमा सघाउन तयार छु

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका छन् ।

शनिवार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको बताएका हुन् । ‘ललिता निवासको सन्दर्भमा छानबिन हुनुपर्छ । मैले विगतदेखिनै भन्दै आएको छु– छानबिन गरौँ म तयार नै छु,’ उनले भने, ‘ललिता निवासको विषयमा मेरो पालामा सानो निर्णय भएको हो, ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतवश नभई मन्त्रिपरिषद्को निर्णय हो। मन्त्रालयबाट आएको सबै कुरा प्रधानमन्त्रीलाई थाहा पनि हुँदैन । यसबारे छानबिन गरौं । म सघाउन तयार छु ।’

उनले हालसम्मका सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने बताए । ‘भ्रष्टाचारका सबै घटनाको छानबिन गरौँ । सबै घटनाको छानबिन गर्ने संयन्त्र बनाऔं । जसमा कार्यकारीको छायाँ नपरोस्,’ उनले भने, ‘म सतप्रतिशत सहयोग गर्न तयार छु ।’

ADVERTISMENT

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।