कस्तो छ कानूनमन्त्री धनराज गुरुङको स्वास्थ्य अवस्था ?
मन्त्रालयको काममा व्यस्त भइरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि कानूनमन्त्री धनराज गुरुङको दुई दिनदेखि मनमोहन कार्डियोलोजी शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिए । ‘बिहीवार सचिवसँग मन्त्रालयको कामबारे छलफल गरिरहँदा एक्कासि गाह्रो भएपछि अन्नपूर्ण हुँदै मनमोहन कार्डियोलोजी ल्याएका हौं’ केसीले लोकान्तर भने, ‘ब्लडप्रेसरमा समस्या हो । मुटुको चाप उतारचढाव भएकोले होल्टर मोनिटरिङमा ७२ घण्टा राखेपछि डाक्टरले एउटा टुंगो दिनुहुन्छ । तर उहाँको स्वास्थ्यमा क्रमिक अवस्था सुधार हुँदैछ ।’
बिहीवार ११ बजेतिर समस्या भएपछि गुरुङलाई पहिले अन्नपूर्ण अस्पतालमा लगिएको थियो । तर केहीबेरमा उनलाई अस्पतालले टिचिङस्थित कार्डिआलोजीमा रेफर गरेको जानकारी केसीले दिए ।
अस्पतालका डाइरेक्टर प्रा.डा. रत्नमणि गुजरेल नेतृत्वको टिमले गुरुङको उपचार गरिरहेको छ ।नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङलाई भेट्न कांग्रेस नेताहरू अस्पताल पुगिरहेका छन् ।lokaanatar


