१ वर्षमै ब्याट्री क्षमता घटेर ८८ प्रतिशतसम्म झरेको आईफोन १४ प्रयोगकर्ताको गुनासो

काठमाडौं । आईफोन १४ र आईफोन १४ प्रो म्याक्सका प्रयोगकर्ताले फोन खरिद गरेको एक वर्ष पनि नपुग्दै ब्याट्री हेल्थ ९० प्रतिशतमा सीमित भएको कुरामा गुनासो गर्न थालेका छन् । एप्पलको नयाँ लाइनअप आईफोन १५ सार्वजनिक हुने क्रममा रहेकै बेला यस्ता गुनासो आउन थालेको हो ।

एप्पल ट्रयाकका साम कोह्लले गत जुलाईमा एक्समा एक पोस्ट गर्दै आईफोन १४ प्रोको ब्याट्री हेल्थ ९० प्रतिशत पुगेको बताएका थिए । आफूले प्रयोग गरेका आईफोनमध्ये सबैभन्दा कम समयमा सबैभन्दा बढी ब्याट्री हेल्थ घट्ने डिभाइस आईफोन १४ प्रो भएको दाबी समेत उनको थियो ।

उनले आफ्नो फोनको ब्याट्री हेल्थ घटेको पोस्ट राखेपछि सयौं प्रयोगकर्ताले आफ्नो पनि आईफोनको ब्याट्री हेल्थ घटेको उल्लेख गरेका छन् । सयौं प्रयोगकर्ताको गुनासो सम्बोधन गर्दै कोह्लले शुक्रवार टिकटकमा फलोअप भिडिओ राखेका छन् ।

सो भिडिओमा पनि उनले एक हजार डलरमा खरिद गरेको फोनको ब्याट्री हेल्थ एक वर्ष पनि नपुग्दै १० प्रतिशतले घट्नु एप्पलको कमजोरी भएको बताएका छन् । “यो फोन एक हजार डलर बराबरको छैन,” उनले टिकटक भिडिओमा भनेका छन्, “त्यसैले म आईफोन १४ कसैलाई पनि खरिद गर्ने सुझाव दिन्न ।”

त्यसो त एप्पलले आधिकारिक रूपमा ब्याट्रीले ५०० साइकल पूरा गरेपछि ब्याट्री हेल्थ ८० प्रतिशतसम्म पुग्ने बताएको छ । तर, प्रयोगकर्ताले ५०० साइकल पूरा नहुँदै ब्याट्री हेल्थ घटेको दाबी गर्न थालेका हुन् ।

आईफोन १५ सार्वजनिक हुने तरखरमा छ । विभिन्न स्रोतका अनुसार आईफोन १५ सम्भवतः १२ वा १३ सेप्टेम्बरमा सार्वजनिक हुनेछ । उक्त फोनमा अहिलेका आईफोनको तुलनामा ब्याट्री १० देखि १८ प्रतिशत ठूलो हुने बताइएको छ ।

वाल स्ट्रिट जर्नलका स्तम्भकार जोआन्ना स्टर्नले पनि आईफोन १४ प्रोको ब्याट्री एक वर्ष नबित्दै १२ प्रतिशतले घटेर ८८ प्रतिशत पुगेको बताएका छन् । उनीहरू बाहेक केही अन्य प्रयोगकर्ताले ब्याट्री हेल्थ ९१, केहीले ९३ र केहीले ९७ प्रतिशत पुगेको दाबी गरेका छन् ।

आईफोन १३ को हकमा भने प्रयोगकर्ताले ब्याट्री हेल्थ घटेको कमै गुनासो गरेका थिए । त्यसमाथि आईफोन १४ वा आईफोन १४ प्रोको वारेन्टी सकिएपछि ब्याट्री परिवर्तन गर्न निकै महँगो पर्छ । द भर्जका अनुसार गत वर्ष आईफोन १३ को ब्याट्रीको मूल्य ६० डलरबाट ३० डलर पुगेर अन्त्यमा ९९ डलर पुगेको थियो ।

आईओएस ११.३ अपडेटसँगै कम्पनीले आईफोनमा ब्याट्री हेल्थ मनिटर सुविधा समावेश गरेको थियो । जसको सहायताले प्रयोगकर्ताले ब्याट्री हेल्थ सुधार्न सक्ने कम्पनीको दाबी थियो । कम्पनीले प्रयोगकर्ताको गुनासोलाई लिएर कुनै आधिकारिक स्पष्टीकरण दिइसकेको छैन ।
-टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖