नक्कली प्रमाणपत्र प्रकरणमा कसरी पक्राउ परे सक्कली डाक्टर?

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका व्यक्ति सक्कली डाक्टर भएको पाइएको छ।

सिआइबीले शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेको आरोपमा अपरेशन नै चलाएर ८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जना भने सक्कली नै परेका हुन्। प्रहरीका अनुसार महोत्तरीको पिपरा-८ घर भएका रञ्जितकुमार यादवले सक्कली प्रमाण पत्र नै पेस गरेको पाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

उनका अनुसार एउटै नाम गरेका दुई डाक्टर भएकाले त्यस्तो त्रुटी भएको हो। ‘मेडिकल काउन्सिलले मेडिकल नम्बर र नाम दियो। रञ्जित यादव नाम गरेका दुई जना रहेछन्। प्रहरीलाई काउन्सिलले दिएको कागजात र नम्बरका आधारमा व्यक्ति पक्राउ गरी ल्यायो,’ डिआइजी कडायतले भने, ‘तर अहिले फेरि खोजीनीति हुँदा नक्कली बाहिरै रहेको भन्ने खुल्यो।’
त्यही नाम गरेका नक्कली डाक्टरको खोजी भइरहेको उनले बताए।
प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको भन्ने थाहा पाएपछि मेडिकल काउन्सिलले अहिले हिरासतमा रहेका रञ्जितकुमार यादवका कागजातहरू सक्कली नै रहेको भनेर पत्र पठाएको छ।

‘मेडिकल काउन्सिलले अहिले पक्राउ पर्ने व्यक्तिको कागजात पठाउँदा भिडाएर हेर्दा मान्छे फरक पर्‍यो। काउन्सिलले आइओएम नम्बर र नाम दिँदा मिस्टेक भएको जस्तो देखियो,’ उनले भने।

मेडिकल काउन्सिलले भने आफूले गलत विवरण प्रहरीलाई दिएको स्वीकारेको छैन। काउन्सिल उच्च स्रोतका अनुसार काउन्सिलले गलत विवरण पठाएको हो कि होइन भन्नेबारे अध्ययन भइरहेको छ।
काउन्सिलका प्रवक्ता एव‌ं रजिष्ट्रार कृष्ण अधिकारीले नक्कली र सक्कली डाक्टरका बुवाको नामबाहेक सबै एउटै भएकाले झुक्किएको बताए।

‘बुवाको नामबाहेक दुबै जनाको विवरणहरू एकै खालका छन्। अहिले पक्राउ परेका व्यक्ति जनकपुरमा पढेका हुन्। तर पक्राउ पर्नुपर्ने व्यक्ति ब‌ंगलादेशमा पढेका हुन‍्। ब‌ंगलादेश पढेका व्यक्तिको घरचाहिँ जनकपुर हो। त्यसैले झुक्कियो। नियतवश होइन,’ उनले भने, ‘नाम जुधेर त्रुटी भयो। पक्राउ परेका व्यक्तिको परिवार हाम्रो सम्पर्कमा आएपछि थाहा भयो।’

काउन्सिलले पनि पक्राउ गर्नुपर्ने व्यक्तिकै आइओएम नम्बर पठाएको उनको दाबी छ। ‘काउन्सिलले जसलाई कारबाही गर्नुपर्ने हो त्‍यसैको पठाएको हो। कहाँबाट अर्को नम्बर आइपुगेको हो भन्ने थाहा भएन,’ उनले भने।
यसरी गलत व्यक्ति परेको थाहा भएपछि अहिले हिरासतमा रहेका व्यक्तिलाई छाड्न भनिसकेको उनले बताए।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले पनि सक्कली डाक्टरलाई छाड्न निर्देशन दिइसकेको बताए। तर उनी अझै छुटिसकेका छैनन्। जिल्ला अदालत काठमाडौंबाट उनीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको छ।

नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेको आरोपमा सिआइबीले अहिलेसम्म डा. रामबाबु यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापालाई पक्राउ गरेको छ।

प्रहरीले यही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको थियो। तर अदालतले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।