मस्कसँगको कुस्तीका लागि तालिम लिंदै जुकरबर्ग

एजेन्सी । सोसल मिडिया प्लाटर्फम एक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्कले गत अगष्ट ११ मा एक पोस्ट गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गसँगको कुस्ती इटालीमा हुने जानकारी गराए ।

आफूले जुकरबर्गसँगको केज फाइटका विषयमा इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र संस्कृति मन्त्री गेनारो सांगिउलियानोसँग कुरा गरिसकेको पनि मस्कले दाबी गरे ।

मस्कका अनुसार प्रविधि क्षेत्रका यी दुई हस्तीबीच फलामे पिंजडामा हुने कुस्तीको व्यवस्थापन जुकरबर्ग तथा मस्कले स्थापना गरेका फाउन्डेसनहरुले गर्नेछन् ।

साथै कुस्तीको प्रत्यक्ष प्रसारण एक्स र फेसबुक दुवैमा हुने जिकिर पनि मस्कको छ । मस्कका अनुसार क्यामराको फ्रेममा सबै कुरा प्राचीन रोमजस्तै हुनेछ र त्यहाँ कुनै पनि चिज आधुनिक रहनेछैन ।

मस्कले भनेका छन्, ‘मैले इटालीका प्रधानमन्त्री र संस्कृतिमन्त्रीसँग कुराकानी गरें । उनीहरु एक ऐतिहासिक स्थलमा सहमत भए । त्यहाँ जे गरिनेछ त्यसले इटालीको अतित र वर्तमानलाई सम्मान दिनेछ ।’

मनोरञ्जन समाचार एजेन्सी टिएमजेडका अनुसार यी दुईबीचको कुस्ती इटालीको विश्वप्रसिद्ध कोलोजियम स्मारकमा हुनसक्छ ।

पर्दापछाडिका फुटेजहरुतर्फ इंगित गर्दै उनले यसबाट एक्सका ब्लू सब्सक्राइबरहरुलाई बोनस प्राप्त हुने पनि बताएका छन् ।

उता एलन मस्कले कुस्तीको हाँक दिएपछि मार्क जुकरबर्ग पनि के कम ? उनले पनि आफु कुस्तीका लागि तयार रहेको र त्यसका लागि ठाउँ तोक्न चुनौती दिएका थिए ।

मार्क जुकरबर्ग मार्सल आर्टका तालिम प्राप्त खेलाडी हुन् र उनी जीउ जित्सु कुस्तीबाट पनि प्रशिक्षित छन् ।

हालै उनले दुईजना विशवस्तरीय रेस्लिङ महारथीहरुसँग प्रशिक्षण लिइरहेको बताइएको छ । त्यसमा एकजना इजरायल अदेसान्या र अर्का अलेक्जेन्डर भोल्कानोभ्स्की हुन् ।

उता मस्क भने स्वघोषित गल्ली लडाकु हुन् । तथापि पछिल्लो समय उनले मिक्स्ड मार्सल आर्टका दिग्गज जोर्जेस सेन्ट पियरे, चर्चित जीउ जित्सु तथा मार्सल आर्ट प्रशिक्षक जोन डेनहेर र पडकास्टर लेक्स फ्रिडम्यानसँग प्रशिक्षण लिइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।