मेडिकल काउन्सिलले ५ वर्षअघि नै सीआईबीलाई बुझाएको थियो १६०३ शंकास्पद चिकित्सकको विवरण

२९ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ ।

सीआईबीले १५ फागुन २०७५ मा गरेको पत्राचार अनुसार काउन्सिलले २७ असोज २०७६ मा एक हजार ६०३ जना चिकित्सकको विवरण उपलब्ध गराएको खुलेको हो ।

नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ परेका अर्कै डा. रञ्जितकुमार यादवको प्रमाण पत्र भुलबस संलग्न भएको भन्दै काउन्सिलले लेखेको पत्रमा १६०३ जनाको नाम पहिल्यै उपलब्ध गराइएको पनि उल्लेख छ ।

रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेको पत्रमा पछिल्लो समय ब्यूरोले ४ चैत २०७७ मा फेरि काउन्सिललाई पत्र लेखेको भनिएको छ । त्यसको आधारमा काउन्सिलले २८ मंसिर २०७८ मा थप कागज पत्र पठाएको देखिन्छ ।

पत्रका आधारमा ब्यूरोलाई नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मासहित चिकित्सकहरुको विवरण डेढ वर्षअघि नै काउन्सिलले पठाएको देखिन्छ । सीआईबीले २५ साउनमा कांग्रेस सांसद् शर्मासहित चिकित्सकहरुलाई ‘अपरेशन चार्ली फोक्स्टर’ चलाएर पक्राउ गरेको थियो ।

ब्यूरोले १६ जनलाई पक्राउ गरेर मुद्दा चलाउने गरी सूची तयार गरे पनि अदालतले शर्मालाई हिरासतमा राख्न म्याद नदिएपछि छुटेका छन् । त्यस्तै डा. यादव पनि प्रमाण पत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

अब यो प्रकरणमा ६ जना मात्र सीआईबी हिरासतमा छन् । सांसद् शर्माले प्रतिनिधिसभामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको १५ दिनपछि ब्यूरोले नक्कली प्रमाण पत्र बाहक चिकित्सकविरुद्ध अपरेशन चलाएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।