प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा पद त्याग गरे, खुसी छु: अमनलाल मोदी

काठमाडौं,२९ साउन । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको बिदाई गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गरि मोदीको बिदाइ गरिएको हो ।

मन्त्रीबाट बिदा हुँदैगर्दा मोदीले आफु प्रधानमन्त्रीलाई सफल बनाउन सहजरुपमा मन्त्री पद त्याग्न तयार भएको प्रतिक्रिया दिएका छन् । उनले पद कहिल्यैपनि स्थायी नभएको भन्दै प्रधानमन्त्रीलाई सहज हुने तरिकाले मन्त्रीबाट बिदा भएको दाबी गरे ।

उनले भने, ‘विविध परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई बलियो बनाउन कहीँ न कहीँ त त्याग गर्नुपर्‍यो। त्यसैले मैले सहज तरिकाले प्रधानमन्त्रीले सबै पदाधिकारी र मन्त्रीलाई राखेर छलफल गर्नुभयो । कसले त्याग गर्ने, कसले सहज तरिकाले छोड्दिने भनेर र सबैको प्रस्ताव गर्दा अन्य साथीहरूले पनि बोल्नुभयो बोल्न तर, मैले सहज रूपमा पद प्रतिष्ठा सधैँ रहँदैन भनेर आफै बिदा लिएँ। प्रधानमन्त्रीज्यू हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ।’

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीको ठाउँमा आजै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्री नियुक्त भईसकेकी छन्

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।