ट्विटरबाट भिडियो र भोइस कल गर्न सकिने

एजेन्सी/जुलाई २४ मा, एलन मस्कले ‘ट्विटर’ को नाम र लोगोलाई एक्स मा परिवर्तन गरे । त्यसपछि, जुलाई २६ मा, लोगोको डिजाइनमा थोरै परिवर्तन सहित ब्ल्याक एण्ड ह्वाइटमा एक्सलाई प्रस्तुत गरिएको थियो । ट्विटरको नाम एक्स राखेपछि अब कम्पनीका मालिक एलन मस्कले डोमेन परिवर्तन पनि गर्न थालेका छन् । यद्यपि, यो परिवर्तन अहिले एप्पल प्रयोगकर्ताहरूको लागि मात्र छ ।

आइओएस प्रयोगकर्ताहरूका लागि, युआरएल अब एक्स डट कमबाट जेनेरेट भइरहेका छन् । यसअघि युआरएलमा ट्विटर डट कम देखिन्थ्यो तर अब आइओएस प्रयोगकर्ता आफ्नो आइफोन वा आइप्याडमा एक्स एपमर्फत् कुनै पोस्ट सेयर गरिरहेका छन् भने युआरएलमा एक्स डट कम देखिएको छ ।

हुन त डोमेनमा परिवर्तन अहिले आइओएस प्रयोगकर्ताका लागि मात्रै भएपनि वर्जको रिपोर्ट अनुसार एन्ड्रोइड र वेबका लागि पनि लागू हुनेछ ।

भिडियो र भोइस कलको सुविधा छिट्टै उपलब्ध हुने

यस बाहेक, एक्सकी मुख्य कार्यकारी अधिकारी लिन्डा याकरिनोले प्रयोगकर्ताहरूले चाँडै आफ्नो फोन नम्बर साझा नगरी अडियो र भिडियो कलहरू गर्न सक्नेछन् भनेर पुष्टि गरेकी छिन् । सिएनबीसीसँगको कुराकानीमा, लिन्डाले प्रयोगकर्ताले डायरेक्ट मेसेज (डिएम) मेनुमार्फत फोन गर्न सक्नेछन् ।

यस्तै, एक्सकी डिजाइन इन्जिनियर एन्ड्रिया कोनवेले नयाँ डिएम मेनुको एउटा फोटो साझा गरेकी छिन्, जसमा भोइस र भिडियो कल गर्ने विकल्प छ । भिडियो कलिङ विकल्प एक्सको डिएम मेनुको माथिल्लो दायाँ कुनामा अवस्थित छ ।

लिन्डाका अनुसार एक्स प्रयोगकर्ताहरूले भोइस वा भिडियो कलका लागि आफ्नो फोन नम्बर साझा गर्न आवश्यक छैन । यसका साथै, एक्सले स्प्याम कलहरू रोक्न केही प्रतिबन्धहरू लागू गर्नेछ ।

कम्पनी आफ्नो भिडियो र भोइस कलिङ फिचरको परीक्षणको अन्तिम चरणमा छ, र यो आगामी केही हप्तामा लाइभ हुने अपेक्षा गरिएको छ । यो सुविधा प्रिमियम ग्राहकहरूका लागि ल्याइने अनुमान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖