सबै ठूला काण्डका फाइल खोलौं : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै थापाले जुनसुकै दलको भए पनि दोषी छ भने त्यसले छुट पाउन नहुने उल्लेख गरे ।

‘आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने अवस्था बदल्नुपर्छ । यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरू छन्‚ ती सबैको फाइल खोलौं‚’ थापाले भने । उनले अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस् तर दोषी छ भने जुनसुकै दलको नेता, सांसद र मन्त्री भए पनि कसैले छुट पाउनु नहुने बताए ।

‘केही दिन अगाडि बाबुराम भट्टराईले शिविर घोटालाको छानबिन गरौं भन्नुभयो । ललिता निवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो‚’ थापाले भने, ‘हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने– ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ पर्‍यो भने– ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै? यस्तै यस्तै सुनिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।