चिनियाँ तस्करका ३ जना महिला सहयोगी सीआईबीको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी ट्रेड प्रालि’ले काठमाडौँमा ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

सुन तस्करीमा चिनियाँ नागरिक संलग्न रहेको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकका सहयोगी ३ जना महिलालाई सीआईबीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ गरिएका ३ महिलामध्ये एक जना चिनियाँ र दुई जना नेपाली छन् ।

तस्करीमा संलग्न चिनियाँ नागरिकलाई सहयोग गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । एसपी संजयसिंह थापा नेतृत्वको टोलीले उनीहरूसँग सोधपुछ गरिरहेको छ ।

तस्करीमा संलग्न चिनियाँसम्म पुग्ने सूत्रका रूपमा ती महिलाहरूको सहयोग लिनुपर्ने भन्दै ब्यूरोका अधिकारीहरूले उनीहरूको परिचय गोप्य राखेका छन् । अनुसन्धानको क्रममा ‘लिंक’मा देखिएकाहरूलाई बोलाएर सोधपुछ गर्ने कुरा सामान्य भएको प्रहरी प्रवक्ता ‘डीआईजी’ कुबेर कडायतले बताए ।

रातोपाटीसँग कुरा गर्दै कडायलते भने, ‘शंकास्पदहरुलाई ल्याउने र सोधपुछ गर्ने काम भइरहन्छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार ती ३ जना महिला चिनियाँ तस्करसँग निकट सम्बन्धमा रहेको पाइएको छ । तस्करले उनीहरूलाई हङकङ र दुबईबाट सुन ल्याएपछि नेपालमा स्वरूप परिवर्तन गरेर भारत पठाउने काममा परिचालन गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित १७ जना हिरासतमाा छन् । जीक्वान लिनसँगै लाजिम्पाटस्थित डेरामा अरु दुई जना चिनियाँ बस्थे । प्रहरीले ती दुई जना चिनियाँलाई पनि खोजिरहेको छ ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।