खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरु उत्पादन गर्ने नर्सरी भएको बताएका छन्। खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरु विश्वभर स्थापित भएको बताए।

किरातीहरुको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गरे। “किरात मुन्दुम आफैँमा सङ्गीतबद्ध हुन्छ । खोटाङ किरातीको उद्गम थलो भएकाले पनि गीत/सङ्गीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो”, पुख्र्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भने, “खोटाङ्गे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन्। उनीहरुलाई बाटो देखाउनु अग्रजहरुको महत्त्वपूर्ण भूमिका हुन्छ।”

खोटाङ्गे अग्रज कलाकारले चुमेको शिखरलाई नवप्रतिभाहरुले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभालाई आग्रह गरे। कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उनले जानकारी दिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।