पैसा कसरी कमाउने ? यस्ता छन् बिल गेट्सका महत्वपूर्ण ५ टिप्स्

काठमाण्डौ- धनी कसरी बन्ने ? यो कुरा केवल धनी नै बताउन सक्छन्। विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्सले पैसा लगानी गर्ने र कमाउने केही टिप्स दिएका छन्। यी टिप्सका मद्दतले जोकोहीलाई पैसा कमाउन सहयोग पुग्न सक्छ। बिल गेट्सका यी टिप्सबाट जीवनमा अगाडि बढ्न, जागिर र व्यापारमा मद्दत पुग्न सक्छ। बिल गेट्सको मान्यता छ कि कठिनाइहरुमा रहेर सफलताको प्रत्याभूति हुन सक्दैन। यस्तै एउटा कहानी बिल गेट्सले हार्वर्डमा आफ्नो मन्तव्यका क्रममा दिएका थिए।

यस्ता छन् बिल गेट्सका टिप्सहरु –
साइन्स र टेक्नोलोजीमा गर्नुस् लगानी : बिजनेस इन्साइडरको खबरअनुसार बिल गेट्सले भविष्यका लगानीकर्ताहरुलाई यो सल्लाह दिएका छन् कि साइन्स र टेक्नोलोजीमा लगानी गर्नुस्। उनको विश्वास छ कि ग्लोबल बिरामीबाट छुटकारा पाउन र नयाँ एनर्जी सिस्टम बनाउनमा कारोबारीहरुले लगानी गर्न आवश्यक छ। साइन्स र टेक्नोलोजीमा जति तपाइँले सिक्नुहुन्छ त्यति नै पैसा कमाउने मौका आउनेछ। साइन्स र प्राग्रामिङ, बायोलोजी र एजर्नीमा लगानी गर्दा धेरै फाइदा हुन्छ।

स्मार्ट र साधारण जुक्तिबाट समस्या समाधान : बिल गेट्सका अनुसार समझदार हुनलाई कुनै एउटा सही तरिका हुँदैन। फरकफरक क्षमताले मानिसलाई एउटा ठाउँमा ल्याउन सकेन तपाइँलाई सफलता प्राप्त हुन सक्छ। गेट्सलाई पहिला लाग्थ्यो कि जसको आईक्यू लेभल राम्रो छ उसले सबै गर्न सक्छ। तर यस्तो होइन रहेछ। तपाइँको आईक्यू लेभलले तपाइँलाई इन्टेलिजेन्ट बनाउँदैन बरु फरकफरक किसिमको स्किल्सले नै तपाइँलाई इन्टेलिजेन्ट बनाउँछ। गेट्स भन्छन्, ‘प्रायः यही भनिन्छ कि स्मार्ट र सिम्पल आइडियाले सबै समस्या समाधान गर्न सकिन्छ।’ तर उनले यसलाई कहिल्यै बुझ्न सकेनन्।

शो–अफबाट बच्नुस् : तपाइँ भविष्यमा के बन्न सक्नुहुन्छ ? यसका लागि शो–अफ गर्न आवश्यक छैन। तपाइँ ट्रपममा नफस्नुस् र आफ्नो सपना तबसम्म सुरक्षित राख्नुस् जबसम्म त्यो साँचो हुँदैन। जब तपाइँ आफ्नो लक्ष्य हासिल गर्नुहुन्छ तब यो लक्ष्यको बाटो अरुलाई पनि बताउनुस्। ता कि भविष्यमा अरुले तपाइँको सरहाना गर्न सकून्।

आफ्नो लक्ष्यबाट नभाग्नुस् : जीवनमा तपाइँ जे गर्न चाहनुहुन्छ, यदि त्यो हुन सकेन भने पछि नहट्नुस्। आफ्नो रिस र फ्रस्टेसनलाई च्यानलाइज्ड गर्नुस् र जीवनलाई सही दिशामा लगाउनुस्। जीवनमा चाहे जति नै समस्या आओस् तर तपाइँ आफ्नो लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नुस्। जीवनमा सधैँ राम्रो काम गर्नुस् अनिमात्र यज्जत प्राप्त हुन्छ।

कलेजको पढाइ सक्नेबित्तिकै बनिँदैन करोडपति : जब तपाइँ कलेजको पढाइ सकेर काम थाल्नुहुन्छ तब तुरुन्तै करोडपति बन्न सक्नुहुन्न। विस्तारै अगाडि बढ्नुस्, तपाइँ अवश्य लक्ष्यमा पुग्नुहुन्छ। तपाइँ एकैदिनमा उचाइमा पुग्न सक्नुहुन्न। तपाइँले जे लक्ष्य लिनुभएको छ, त्यो पूरा हुन सक्छ तर त्यसका लागि धैर्यताका साथ काम गर्दै अगाडि बढ्न आवश्यक छ।

उदाहरणका लागि यदि तपाइँको गुरु वा अभिभावकले तपाइँको गल्तीमा गाली गर्छन् भने धैर्यताका साथ सोच्नुस्। यो गाली तपाइँलाई असल मानिस बनाउनका लागि गरिएको हुन सक्छ। त्यसैले गल्ती सच्चाउँदै त्यसबाट सिक्दै अगाडि बढ्नुस्। – एजेन्सी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।