सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने

काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.)सहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।

पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो ।

विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी भइरहेको छ ।

यो नियमावली संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुनेछ ।

योसँगै हाल कायम पर्वतारोहण शुल्क (रोयल्टी) समेत केही परिमार्जन गर्ने तयारी रहेको उनले रातोपाटीलाई जानकारी दिए ।

हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म (ऋतु अनुसार) शुल्क तिर्नुपर्छ भने विदेशी नागरिकले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ ।

यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटर रेञ्जका हिमालहरु आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलरसम्म तिर्नुपर्ने हुन्छ ।

सोभन्दा तल ७ हजार ९९९ मिटरसम्मका उचाइका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ । सोही रोयल्टीलाई केही वृद्धि गर्ने तयारी सरकारले गरेको हो । यद्यपि, पर्वतारोहण सम्बन्धी नियमावली संशोधनपछि मन्त्रीपरिषद्को बैठकले पास गर्नुपर्ने हुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।