घट्यो सुनचाँदीको भाउ
काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज १ लाख ११ हजार २ सय रुपैयाँ पर्नेछ । त्यस्तै, यसअघि प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज १ लाख १० हजार ६ सय ५० रुपैयाँ पर्नेछ ।
यता, चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ रहेको थियो ।


