यसरी दुई मिनेटको व्यायामले पनि क्यान्सरको जोखिम कम हुन्छ

काठमाडौं । दैनिक दुई मिनेट मात्र भिगोरस व्यायाम गरेमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । जामा ओन्कोलोजीमा प्रकाशित नयाँ अनुसन्धानका अनुसार दैनिक क्रियाकलापको तीव्रता बढाउँदा क्यान्सरको जोखिमलाई ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

भिगोरस व्यायाममा दौडिने, भर्‍याङ चढ्ने, घरको कामकाज गर्ने र बालबच्चासँग खेल्ने लगायतका क्रियाकलाप पर्ने अनुसन्धानकर्ता डा. इमानयुल स्टामाटकिस बताउँछन् । स्टामाटकिस जनस्वास्थ्य तथा जीवनशैली प्रशिक्षक समेत हुन् ।

बेलायतको बायोबैंकले २२ हजार जनामाथि गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । बायोबैंक लामो समय लगाएर कुनै पनि विषयवस्तुमा अध्ययन तथा अनुसन्धान गर्ने एक संस्था हो । अध्ययनअनुसार सहभागीहरूले आफ्नो फुर्सदको समयमा पनि नियमित रूपमा कसरत गरेका थिएनन् । र, उनीहरूले भीगोरुवोस इन्टरमिटेन्ट लाइफस्टाइल फिजिकल एक्टीभिटी (भीएलपो) अर्थात् शारीरिक गतिविधि ट्र्याक गर्न एक्सेलेरोमिटर लगाएका थिए ।

जो वयस्कले एक वा दुई मिनेटको व्यायाम साढे चार मिनेटसम्म गरेका थिए उनीहरुमा क्यान्सरको दर ३० प्रतिशतभन्दा कम पाइएको थियो ।

‘धेरै देशमा ७०–८० प्रतिशतभन्दा बढी मध्यम उमेरका र वृद्धले फुर्सदको समयमा नियमित व्यायाम गर्दैनन्, वा कुनै व्यायाम गर्दैनन्,’ स्टामाटकिसले भने ।

दैनिक गतिविधिले स्वास्थ्यमा पार्ने प्रभाव बुझ्न जरुरी छ । साथै, यो जुनसुकै समयमा पनि गर्न सकिने फिटनेस कोच डाना सन्तास बताउँछन् । यद्यपि, दैनिक व्यायाम गर्नेलाई भने छुट्टै कसरत गर्न जरुरी हुँदैन ।

‘अध्ययनले दैनिक हुने केही गतिविधिले क्यान्सरको जोखिम कम गर्ने देखाएको छ । तर व्यायामले प्रत्यक्ष रूपमा क्यान्सर कम गराउँछ भन्ने ठ्याक्कै भन्न सकिंदैन,’ ‘व्यायाम फिजियोलोजीका प्राध्यापक डा. ग्लेन गेसरले भने ।

यद्यपि, दैनिक शारीरिक गतिविधि र क्यान्सरबीच केही संकेतहरू अध्ययनले प्रकाश पारेको छ । अध्ययनको सुरुवाती ट्रायलमा भीआईएलपीए गर्दा कार्डियोरेस्पिरेटरी फिटनेसमा छिटो सुधार गरेको पाइयो । कार्डियो रेस्पिरेटरी फिटनेस कम इन्सुलिन प्रतिरोध र क्रोनिक इन्फलामेसनसँग सबन्धित छन्, जुन क्यान्सरको प्रमुख जोखिम कारकहरू हुन् ।

वास्तवमा, फिटनेसमा सक्रिय नभएको महिला र पुरुष दुवैमा उच्च इन्सुलिन प्रतिरोधसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनको उद्देश्य यी जीवनशैली अभ्यास व्यायामलाई प्रतिस्थापन गर्न सक्छ भन्ने होइन । व्यायाम गर्न मन नपराउनेहरुको लागि पनि फाइदाहरू छन् मात्र देखाउन खोजिएको जनाइएको छ । ‘अनुसन्धानले स्वस्थ रहन नयाँ पाटो पक्कै ल्याएको हो, जसबाट स्वस्थ रहन हरेक दिन जिममा एक घण्टा मात्र बिताउनुपर्छ,’ प्रोफेसर डा. किथ डियाजले भने । यसले व्यायाम नगर्ने बहाना हटाउने उनी बताउँछन् ।

‘व्यायाम नगर्ने बहानामा प्राय:ले भनिरहेका हुन्छन्, ‘पर्याप्त समय छैन’ । तर वास्तवमा दिनको दुई मिनेट दिन नसक्ने त्यस्तो कोही व्यक्ति हुँदैनन्,’ डियाजले भने ।

सान्तासका अनुसार बाराम्बार बोलिरहँदा पनि भोगोरियस व्यायाम भइरहेको हुन्छ । जस्तो, जगिङ, हिमाल चढ्ने पर्वतारोही वा हिंड्नेहरुमा यस्तो व्यायाम भइरहेको हुन्छ ।

एरोबिक गतिविधि

दैनिक ११ मिनेटको व्यायामले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ, ठूलो अध्ययनले देखाएको छ । व्यायाम गर्ने बानी बसाल्ने त्यसको लागि छुट्टै डायरी बनाउन पर्दैन, नुहाउनुअघि २० पटक पुसअप गर्न सकिन्छ र दाँत माझ्दा भित्तामा बस्ने वा स्क्वाट गर्न सकिन्छ ।-सीएनएनबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।