यसकारण सुत्नुअघि टाढै राख्नुस् मोबाइल

एजेन्सी । कतिपयको राति सुत्नुअघि ओछ्यानमै पल्टिएर मोबाइल चलाउने बानी हुन्छ, जुन गलत हो । मोबाइलको स्क्रिनबाट आउने ब्लु लाइटले मेलाटोनिन नामक हर्मोन उत्पादनमा असर पुर्‍याउँछ । निद्रा नियमित गर्ने यस हर्मोनको उत्पादनमा असर पर्दा निदाउन गाह्रो हुन्छ ।

सामाजिक सञ्जालमा विभिन्न खराब समाचार तथा टीकाटिप्पणी आइरहेका हुन्छन् । त्यस्ता विषयमा तपाईंको ध्यान केन्द्रित हुँदा निदाउन समस्या पर्छ । बेडरुममा जानुभन्दा कम्तीमा पनि एक घन्टाअघि तपाईंले मोबाइलको प्रयोग बन्द गर्नु राम्रो हुन्छ ।

अन्यथा, तपाईंको निद्रा बिग्रन सक्छ । निद्रा बिग्रँदा विभिन्न मानसिक तथा शारीरिक स्वास्थ्य समस्या देखिन्छन् । मुडमा असर गर्छ । स्मरणशक्ति कमजोर हुन्छ ।

लामो समय मोबाइल चलाइरहँदा आँखा थकित हुन्छ । निद्राको गुणस्तर राम्रो नहुँदा डार्क सर्कल देखा पर्न सक्छ । राम्रो निद्रा नपर्दा भोलिपल्ट पनि मानिस थकित हुन्छ । स्वस्थ रहन वयस्क मानिसले कम्तीमा ७–९ घन्टा निदाउन आवश्यक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।