भुटानी शरणार्थी प्रकरणः १० जना प्रतिवादीको मुद्दामा सकियो सुनुवाइ, रायमाझी र खाँणको भने पेसीमै चढेन मुद्दा

काठमाडौं,३२ साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा थुनामा रहेका प्रतिवादीले उच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ ।

यस प्रकरणमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धाराको थुनामा रहेका नरेन्द्र केसी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको हो।

गत असार १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले यस प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई थुनामा पठाउने आदेश दिएको थियो भने । लक्ष्मी महर्जन र टंकबहादुर गुरुङलाई भने धरौटीमा छोड्ने आदेश दिएको थियो । जिल्ला अदालतको उक्त आदेश बदर गरेर थुनामुक्त गर्न माग गर्दै उनीहरु साउन १२ र १७ गते दुइपटक उच्च अदालत पाटन पुगेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, विचौलिया केशव दुलाल, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितको मुद्दामा भने सुनुवाइ बाँकी छ।

उनीहरुको कैफियत प्रतिवेदन जिल्ला अदालतबाट अझैसम्म आइनपुगेकाले पेसीमा नचढेको हो।

सुनुवाइ सकिएकाको हकमा भने उच्च अदालत पाटनले उनीहरुको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ ।

उच्च अदालतले तारेख वा धरौटीमा थुनामुक्त गर्ने आदेश दिएमा उनीहरु सोही आदेशमा उल्लेख भएको व्यवस्था बमोजिम थुनामुक्त भई सुरु अदालतमा चलेको मुद्दामा सहभागी हुन सक्नेछन् । धरौटी वा तारेख अस्वीकार गरेको अवस्थामा भने उनीहरु थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । उच्च अदालतको आदेश पनि बेरितको लागेमा भने उनीहरु सर्वोच्च अदालतमा निवेदन लिएर जान सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।