वामदेव गौतम – नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन् ।बिहीबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताए ।

नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै उनले भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

जथाभावि जमिनमा खनजोत गर्न नहुने भन्दै उनले जतिधेरै डोजरको प्रयोग गरिन्छ, उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे । गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए ।

“भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिँडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ,” उनले भने, “बाढी, पहिरो आउँछ, यस सम्बन्धमा ध्यानै गएको छैन । यसपटक १६औँ योजनामा यो समावेश गर्नुपर्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।