आफ्नै निर्णयबाट पछि हट्यो प्राधिकरण

काठमाडौ । नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा अतिरिक्त समयमा उडान अवतरण गर्न पाउने निर्णय गरेको छ । प्राधिकरणले सेप्टेम्बरसम्म विमानस्थल सञ्चालन अवधिमा मात्रै उडान गर्न पाउने गरि यसअघि गरेको निर्णय सच्याउँदै अतिरिक्त उडान अवतरण गर्न पाउने गरी निर्णय गरेको हो ।

आज प्राधिकरणले सर्तसहित उडान गर्न दिने निर्णय गरेको छ । पहाडी क्षेत्रमा अवस्थित स्टोल विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी जनताको हवाई यातायातमा पहुँच वृद्धि गर्नेगरी निर्णय गरेको जनाएको छ।

अतिरिक्त समयमा उडान गर्नुपुर्व गन्तव्य, हवाइमार्ग र वैकल्पिक विमानस्थलमा भएको भिएमसी मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणले भनेको छ ।

यस्तै नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य अफिसर मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।

पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टोल विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गर्ने निर्णय पनि भएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।