फैलिँदै डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण

काठमाण्डाै – डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा १० हजार ८१३, बाग्मती प्रदेशमा दुई हजार नौ, गण्डकी प्रदेशमा ६०३, सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जनामा डेङ्गी पुष्टि भएको छ ।

डेङ्गी लाग्न नदिनको लागि लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुको आग्रह छ । सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

डेङ्गीसँगै केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण पनि देशभर फैलिएको छ । आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने तथा घाम वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँखाको सङ्क्रमणका कारण कतिपय ठाउँका विद्यालय बन्द गरिएका छन् । एकदेखि दुई हप्तामा सङ्क्रमण आफैँ निको हुने भएकाले नआत्तिन तथा रोगबाट बच्न सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजान र सङ्क्रमित व्यक्तिलाई भिडभाडमा नजान मन्त्रालयले आग्रह गर्दै आएको छ ।

त्यस्तै, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका टावेल, रुमाल, सिरानी, तन्नालगायतको प्रयोग नगर्न समेत मन्त्रालयले सुझाएको छ । आँखा सफा राख्ने, छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुन पनि मन्त्रालयको आग्रह छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।