यस्तो छ भदौ महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर

काठमाण्डाै – वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् । केही बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

नयाँ ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १० दशमलव ८९ प्रतिशत देखिएको छ । कुमारी, ग्लोबल आईएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा यो दरमा ब्याज दिने भएका छन् । संस्थागततर्फ यी बैंकहरुले अधिकतममा ८ दशमलव ८९ प्रतिशतका दरले ब्याज दिने जनाएका छन् ।

एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत तथा राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । लक्ष्मी सनराइजले १० दशमलव ४० तथा नबिलले १० दशमलव ४९ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकले मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९२ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ९२ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖