यी व्यक्तिलाई हुन्छ हृदयाघातको उच्च जोखिम, तर कसरी बच्ने ?

काठमाडौ । अहिले धेरैलाई उच्च रक्तचाप छ, मोटोपन छ, कोलेस्ट्रोलको समस्या छ। यी समस्याहरूले हृदयाघातको जोखिम बढाएको छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकूल मानिँदैन । बाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्तप्रवाहमा कठिनाइ ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । मुटुमा रगत पुर्‍याउने नलीमा अवरोध भएमा मानिसलाई हृदयाघात हुने गर्छ । रक्तनलीका विशेषगरी तीनवटा कारणले अवरोध सिर्जना हुने गर्छ । १. रक्तनलीमा बोसो जमेमा २. नली फुटेमा ३. रक्तचाप बढेर मुटुमा असर परेमा

हृदयघातको संकेत: सामान्यत के मानिन्छ भने छातीमा तीब्र दुखाइ हुनु नै हृदयघातको संकेत हो। यद्यपि यति मात्र हृदयघातको संकेत होइन। हृदयघात हुनुअघि नै छालामा केही अरू संकेत देखापर्छ, जसलाई पहिचान गरेर हामी सर्तक रहन सक्छौं । मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छ। उक्त संकेतलाई पहिचान गरेर बेलामै सर्तक रहेपछि सम्भावित खतराबाट बच्न सकिन्छ ।

शरीरको अचानक जुनसुकै भागमा स–साना बिबिरा आउँछ भने यसबाट बुझ्न सकिन्छ तपाईंमा हृदय रोग छ। यस्तो बिबिरा शरीरमा कोलेस्ट्रोलको स्तर बढेपछि देखिन्छ। त्यसैले अचानक देखिने यस्ता बिबिरापछि केही सावधान भने रहनुपर्छ। दुवै आँखाको छेउमा सेतो–पहेँलो चिप्रा जस्तो देखिन्छ। कसै-कसैमा यो चिप्रा जमेको मैन बत्ती जस्तै पनि देखिन्छ। आँखाका साथै यस्तो चिप्रा हात र खुट्टामा पनि देखापर्न सक्छ।

यदि तपाईंमा यस्तो संकेत देखिए तपाईंको कोलेस्ट्रोल नियन्त्रण भएको छैन। यसले कुनैपनि बेला हृदयघातको जोखिम निम्त्याउँछ। यदि तपाईंको शरीरको कुनैपनि भागको छालामा नीलो वा बजैनी रंगको देखिन्छ भने सावधान हुनुहोस्, किनभने यो अस्वस्थ्य मुटुको संकेत हो । यस्तो लक्षण धेरैजसो खुट्टाको औंला आसपासमा देखापर्छ। छालामा निलो, बैजनी निसानाको अर्थ हो कि तपाईंको शरीरको कुनै भागमा रगत जमेको छ र पर्याप्त अक्सिजन पुगिरहेको छैन।

धमनीमा रगत जम्मा हुँदा धमनी ब्लक हुन्छ, जो हृदयघातको कारण बन्न सक्छ। यदि तपाईंको औंलाको माथिल्लो भाग सुन्निएमा यो पनि हृदयघातको पूर्वसंकेत हुन सक्छ। सामान्यत नङको भाग सुन्निनु भनेको मुटुमा संक्रमण भएको वा अरू रोग भएको संकेत हो। कहिलेकाहीँ फोक्सोको समस्याले पनि यस्तो लक्षण देखाउँछ। यद्यपि यी सबै संकेत हृदघातको कारण बन्न सक्छ । अचानक तपाईंको औंलामुनि नीलो वा बैजनी रंगको निसाना देखियो भने सावधान रहनुहोस् । यसले पनि हृदय रोगको संकेत गर्छ। हुन त यस्तो निसान चोटको कारण पनि देखापर्न सक्छ। यद्यपि कुनै चोटपटक लागेको छैन भने तुरुन्तै चिकित्सककहाँ पुग्नुपर्छ। यदि तपाईंको हात वा खुट्टाको औंलामा स-साना घाउखटिरा जस्तो देखिन्छ र यो दुख्ने किसिमको छ भने यसले पनि हृदय रोगको संकेत गर्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖