ट्वीटरले ब्लक अप्सन पनि हटाउने

काठमाडौं । ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने भएको छ । हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको बताएका छन् ।

उनले एक्सका प्रयोगकर्ता आफैं सचेत भइसकेका र ब्लकको सट्टा डिरेक्ट म्यासेजमार्फत त्यस्ता प्रयोगकर्तालाई सचेत बनाउन सक्ने बताएका छन् । तर कतिपय प्रयोगकर्ताले भने दुव्र्यवहारबाट बच्न यो नै उपयुक्त टुल रहेको बताएका छन् ।

एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन गरेका छन्, त्यसैको सिलसिलामा ब्लक फिचर हटाएका हुन् ।

हाल ट्वीटरमा कुनै युजरले अर्को एकाउण्टको पोस्ट हेर्न नचाहेमा, त्यसबाट कमेन्टहरु होस् भन्ने नचाहेमा ब्लक गर्छन् । ब्लक गरिएको एकाउण्टको पोस्ट आफ्नो टाइमलाइनमा देखिँदैन र आफ्नो पोस्ट पनि ब्लक गरिएको व्यक्तिले देख्न सक्दैन । ब्लक गरिएको एकाउण्टबाट डिरेक्ट म्यासेजहरु पनि आदान प्रदान हुन सक्दैन ।

ट्वीटरका पूर्व संस्थापक ज्याक डोर्सीले एलन मस्कको कदमलाई समर्थन गरेको आशय व्यक्त गरेका छन् । उनले त्यस्ता पोस्टलाई म्युट गर्ने विकल्प हुन सक्ने बताएका छन् ।

तर त्यसले मात्र सामाजिक सञ्जालमा हुने हैरानी, दुर्व्यवहार र आक्रमण रोक्न नसकिने कतिपयको मत छ । कुनै एकाउण्टलाई म्युट गरेर आफ्नोमा देख्न नसकिने बनाउन सकिन्छ, तर म्युट गरिएको एकाउण्टबाट पनि टाइमलाइन हेर्न र रिप्लाइ दिन सकिन्छ ।

एक प्रयोगकर्ताले एलन मस्कको निर्णय ठूलो गल्ती भएको टिप्पणी गरेका छन् । ब्लक अप्सन हटाउँदा एप्पल स्टोर र गुगल प्लेस्टोरका कतिपय नीतिको उल्लंघन हुने मतहरु पनि आइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।