चन्द्रयान–३ ले चन्द्रमाको नजिकबाट पठाएको तस्बिर सार्वजनिक

काठमाण्डौ – भारतले चन्द्रयान–३ सँग पठाएको विक्रम नामको ल्यान्डरले खिचेको चन्द्रमाको तस्बिर सार्वजनिक भएको छ ।

अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

सार्वजनिक भएको तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन् ।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन् ।

केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । वैज्ञानिकहरूले स्थायी रूपमै सूर्यको प्रकाश नपर्ने क्षेत्रमा पानी पाइनसक्ने सम्भावना रहेको बताएका छन् ।

चन्द्रयान–३ अभियानको प्रमुख उद्देश्य त्यहाँ पानी भएको बरफ खोज्नु हो ।

वैज्ञानिकहरूले पानी भेटिएको अवस्थामा भविष्यमा चन्द्रमामा मानव बस्ती बस्न सक्ने बताउँदै आएका छन् ।

रोभर लिएर गएको विक्रम आउँदो बुधवार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ ।

भारतको अन्तरिक्ष अन्वेषण सम्बन्धी निकाय इसरोले आफ्नो ल्यान्डर मोड्यूलले तल्लो कक्षतर्फ अवतरणको क्रम सुरु गरेको जनाएको छ ।

चन्द्रयान–३ को तौल तीन हजार नौ सय किलो छ । यसको लागत झण्डै ६ अर्ब १५ करोड भारतीय रुपैयाँ हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖