धनगढी उपमहानगरले एपसँगै सार्वजनिक गर्‍यो गुनासो टिपाउने क्यूआर कोड

काठमाडौं । धनगढी उपमहानगरपालिकाले अनलाइनबाट सहजै गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ । मेयर गोपाल हमालले मोबाइल एप, क्यूआर कोड र वेबसाइटबाट गुनासो टिपाउन सकिने सुविधा ल्याइएको जानकारी दिएका हुन् ।

मेयर हमालका अनुसार यसबाट धनगढी उपमहानगरपालिकाबाट भएका काम कारबाहीका विषयमा तथा उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाका विषयमा गुनासो टिपाउन सकिनेछ ।

“अब यस्ता गुनासाहरू सजिलैसँग अनलाइनमार्फत पनि दर्ता गराउन सकिन्छ,” मेयर हमालले भनेका छन् । त्यसका लागि नमस्ते मेयर एप ई-फाराममार्फत गुनासो र गुनासोकर्ताबारे केही विवरण भरी पठाउनु पर्ने हुन्छ ।

ईफारमका लागि धनगढी उपमहानगरपालिकाको वेबसाइट अथवा क्यूआर कोड स्क्यान गर्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।